सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

प्रचण्डकी छोरी गंगाले दिइन् सचिवालयबाट राजीनामा

मलाई देखाएर पार्टीमाथि प्रहार भयो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ३ कात्तिक, २०८२ मा प्रकाशित
प्रचण्डकी छोरी गंगाले दिइन् सचिवालयबाट राजीनामा
काठमाडौं, कात्तिक ३ :

नेकपा (माओवादी केन्द्र) का संयोजक तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालले पार्टी सचिवालयबाट राजीनामा दिएकी छन्।

गंगाले सोमबार राजीनामा दिएको जानकारी गराउँदै आफूलाई देखाएर निरन्तर संयोजक प्रचण्ड र समग्र पार्टीमाथि योजनाबद्ध रूपमा प्रहार भइरहेको भन्दै सचिवालयबाट अलग हुने निर्णय गरेको स्पष्ट पारेकी छिन्।

गंगाले भनिन्, ‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र) का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु।’

उनले सचिवालयबाट बाहिरिए पनि पार्टीप्रति आफ्नो प्रतिबद्धता कायमै रहेको उल्लेख गर्दै जिम्मेवार कार्यकर्ता भएर सधैं क्रियाशील रहने बताइन्।

राजीनामासँगै उनले पार्टीका नेताहरू, कार्यकर्ताहरू र आम नागरिकको सहयोगप्रति आभार व्यक्त गर्दै भनिन्, ‘पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा क्रियाशील रहनेछु।’ उनले सचिवालयमा रहँदा पाएको सहयोगप्रति धन्यवाद दिँदै अबको यात्रा कार्यकर्ता हैसियतमा अघि बढ्ने संकेत गरेकी छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार