बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
राजनीति

सुदन गुरुङको स्पष्टीकरण : म एजेन्ट होइन, एउटा नागरिक हुँ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ६ कात्तिक, २०८२ मा प्रकाशित
सुदन गुरुङको स्पष्टीकरण : म एजेन्ट होइन, एउटा नागरिक हुँ
फाइल तस्वीर ।
काठमाडौं, कात्तिक ६ :

हामी नेपालका संयोजक सुदन गुरुङले आफू एजेन्ट नरहेको स्पष्टीकरण दिएका छन् । बिहीबार माइतीघरमण्डलामा जेन–जी आन्दोलनका सहिदको सम्झनामा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो बारेमा स्पष्ट पारेका हुन् ।

जेनजीहरूलाई विभाजित गर्न अनेक कुराहरू गरेर भ्रम छर्ने प्रयास भइराखेको भन्दै उनले  आफ्नोबारे अफवाह फैलाउने कार्यलाई गलत राजनीतिको संज्ञा दिए । गुरुङले भने, ‘म कसैको एजेन्ट होइन, एउटा नागरिक हुँ । सिम्पल एउटा नागरिक । तपाईं जस्तै हो म ।’

जेन–जीलाई विभाजित गर्ने जे जस्ता प्रयास गरिएतापनि गलत गर्नेहरूलाई संविधान र कानुनको दायरामा ल्याउने दृढता व्यक्त गरे । उनीहरूले बनाएको नियम/कानुन अनुसार उनीहरूलाई भित्र थुन्ने गुरुङको भनाइ थियो । तर,विधि र कानुन अनुसार अगाडि बढ्न समय लाग्ने पनि उनले बताए ।

‘उनीहरूले बनाएको संविधान पनि पढ्दैछु’ गुरुङले भने ,‘पहिले राजनीति बुझेको थिइनँ, अब बुझ्दैछु । ’ अलिकति धैर्य धारण गर्नुपर्छ आम नागरिलाई अगुवा गुरुङको आग्रह छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार