बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा संलग्नको विवरण सार्वजनिक गर्न एमाले नेताहरुको माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ८ कात्तिक, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा संलग्नको विवरण सार्वजनिक गर्न एमाले नेताहरुको माग
काठमाडौं, कात्तिक ८ :

 नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवानेताहरूले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

एमाले केन्द्रीय सदस्य तथा निवर्तमान मन्त्री भगवती न्यौपाने, पोलिटब्यूरो सदस्य शान्ता चौधरी, केन्द्रीय सदस्यहरू पार्वती रावल, अइन्द्रसुन्दर नेम्वाङ, गोविन्द थापा र एमाले शिक्षा विभाग सदस्य डा सुन्दरी पोखरेलले आज संयुक्त रूपमा विज्ञप्ति जारी गरी उक्त प्रदर्शनमा संलग्नमध्ये हालसम्म पक्राउ परेका र हालसम्म मुद्दा दायर गरिएकाको विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन् ।

नेताहरूले लुटेका हातहतियार र गोलीगठ्ठा कति सङ्ख्यामा बरामद गरिन्छ, हरेक दिन विवरण सार्वजनिक गर्नुस् भन्दै त्यस्ता लुटेराहरूको विवरण र सरकारी तथा निजी घरमा आगजनी गर्ने, लुटपाट गर्ने व्यक्तिलाई सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनमा अशान्ति फैलाउने, सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड तथा आगजनी गर्ने विभिन्न गिरोहहका नाइके र सदस्यलाई पक्राउ गरेर कारबाही गरिएको तथा उनीहरूविरुद्ध मुद्दा चलाइएको विवरण दिनहुँ सार्वजनिक गर्नुहोस् ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार