बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

आज देशभर वर्षा हुन्छ : कहाँ कति पानी पर्छ ? यस्तो छ विवरण

· मंगलबार, ११ कात्तिक, २०८२ मा प्रकाशित
आज देशभर वर्षा हुन्छ : कहाँ कति पानी पर्छ ? यस्तो छ विवरण
काठमाडौं, कात्तिक ११ :

हाल पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहँदा आज देश भर साधारणतया बदली रहने छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज यहाँ जारी मौसम बुलेटिनमा उल्लेख छ ।  

साथै बाँकी तराईका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बागमती  ,गण्डकी  र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात र वर्षाको पनि सम्भावना छ ।

त्यसैगरी आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेशका केही स्थान तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थान तथा कोशी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ ।

बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपात र वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार