यहाँको टेम्केमैयुङ गाउँ पालिका–७, भोर्नागीमा अवस्थित प्रसिद्ध धार्मिक स्थल ‘सत्य देवी मन्दिर’ ओझेलमा परेको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने यो देवस्थल प्रचार–प्रसारको अभावमा ओझेलमा परेको हो ।
स्थानीय बासिन्दाले वर्षौंदेखि साक्षात् देवीका रूपमा यहाँ पूजाआजा गर्दै आएका छन् । विशेषतः गरी यहाँ साउन महिना बाहेक वर्षभरि हरेक सोमबार पञ्चबलि पूजा हुने गरेको स्थानीय राजकुमार राईले बताए । “यो जिल्लाको प्रसिद्ध धार्मिक स्थल हो । देशका विभिन्न ठाउँबाट भक्तजन पञ्चबलि पूजा गर्न आउँछन्, तर यसको प्रचार–प्रसार हुन सकेको छैन । ओझेलमा छ”, उनले भने ।
मन्दिरका पुजारी कुल बहादुर नाछिरिङ राईका अनुसार सरकारी जागिर पाउने, विदेश जाने वा कुनै ठूलो काम सफल होस् भन्ने भाकलका साथ धेरैले यहाँ पूजा गर्ने गरेका छन् । सोमबारको दिन यहाँ भक्तजनको भीड लाग्ने गरेको बताए ।
जीर्ण अवस्थामा पुगेको मन्दिरलाई स्थानीयको सक्रियतामा संरक्षण गरिएको सत्य देवी मन्दिर संरक्षण समितिले जनाएको छ । पुरातत्व विभागबाट रु सात लाख र प्रदेश सरकारबाट रु १० लाख विनियोजन भई मन्दिर संरक्षणसँगै धारा, शौचालय लगायतका पूर्वाधार निर्माण गरिएको छ ।
भक्त जनको सुविधाका लागि स्थानीयले छवटा पाटीपौवा निर्माण गरेका छन् । धार्मिक र पर्यटकीय सम्भावनाले भरिपूर्ण यस देवस्थल क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने स्थानीयको माग छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान
विगतका ठुला भ्रष्टाचारका काण्डको सरकारले सूक्ष्म अनुसन्धान गरिरहेको छ : प्रकाशचन्द्र परियार
दोधारा-चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्कियो : प्राविधिक टोलीद्वारा अध्ययन सुरु