नवलपरासी, कात्तिक १३ :
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ ।
सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा आज बिहान देखिको वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए ।
वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँ पालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको उनले बताए । सूचना अधिकारी नेपालले भने, “बिहानै देखि परेको पानीका कारण बाटो हिलो र चिप्लो हुँदा सवारीसाधन पश्चिमतर्फ जान सकेका छैनन् ।
दाउन्ने खण्डमा मालवाहक सवारीसाधन उकालो चढ्न नसकेपछि यस खण्डमा जाम हुन नदिन प्रहरी खटिएका छन् ।”
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान
विगतका ठुला भ्रष्टाचारका काण्डको सरकारले सूक्ष्म अनुसन्धान गरिरहेको छ : प्रकाशचन्द्र परियार
दोधारा-चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्कियो : प्राविधिक टोलीद्वारा अध्ययन सुरु