बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ #ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ
राजनीति

हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’लाई आधिकारिकता, निर्वाचन आयोगबाट पाए प्रमाणपत्र

चुनाव चिन्ह ‘माटो’ तोकियो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १६ कात्तिक, २०८२ मा प्रकाशित
हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’लाई आधिकारिकता, निर्वाचन आयोगबाट पाए प्रमाणपत्र
काठमाडौं, कात्तिक १६ :

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले आधिकारिक मान्यता दिएको छ। आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि प्रमाणपत्र प्रदान गरेको हो। 

साम्पाङले शुक्रबार आयोग पुगेर दल दर्ताको प्रमाणपत्र ग्रहण गरेका हुन्। गत असोज १२ गते साम्पाङ स्वयं निर्वाचन आयोगमा उपस्थित भई दल दर्ताका लागि निवेदन दिएका थिए।

निर्वाचन आयोगमा दर्ता भएपछि श्रम संस्कृति पार्टी अब औपचारिक रूपमा राष्ट्रिय राजनीतिक गतिविधिमा सहभागी हुन पाउनेछ। पार्टीको चुनाव चिन्ह ‘माटो’ तोकिएको छ।

पार्टीको संरचनाअनुसार अध्यक्ष स्वयं हर्क साम्पाङ, उपाध्यक्ष देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई र प्रवक्ता अरुण गुरुङ रहेका छन्। पार्टीमा २८ जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।

 हर्क साम्पाङले श्रम, इमानदारी र स्वावलम्बनमा आधारित राजनीति गर्ने उद्देश्यसहित नयाँ दलको स्थापना गरेको बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार