भक्तपुर, कात्तिक १६ :

नेकपा एमालेले ‘युथ भोलेन्टियर फोर्स’ घोषणा गरेको छ। भक्तपुरको गुण्डामा आइतबार आयोजित विशेष भेलामा यस फोर्सको औपचारिक घोषणा गरिएको हो। 

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य पनि उपस्थित थिए। यस फोर्सले नेताहरूको सुरक्षामा समेत भूमिका निर्वाह गर्ने बताइएको छ।

कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले युथ भोलेन्टियर फोर्सका लागि केही आचार संहिता समेत तयार गरिएको जानकारी दिए। उनले भने, ‘भक्तपुरमा पहिलो पटक यस फोर्सको घोषणा गरेका छौं। यसलाई ललितपुर, काठमाडौं, काभ्रे र रामेछापलगायतका जिल्लामा पनि विस्तार गर्ने योजना छ।’

बस्नेतका अनुसार केपी ओली गुण्डुमा बस्न थालेपछि दुई महिनादेखि युवाहरू उक्त क्षेत्रमा खटिएका छन्।  करिब २ हजार युवा यसमा संलग्न भएको बस्नेतले बताए । उनले अहिलेको अराजक गतिविधिहरू नियन्त्रणमा युथ भोलेन्टियर फोर्स सक्रिय रहने जानकारी दिए।

 

May be an image of one or more people, temple and crowd

 

May be an image of one or more people and crowd

 

May be an image of one or more people and text