
काठमाडौं, कात्तिक १६ :
शिक्षामन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह लक्षित वयङ्ग्यात्मक टिप्पणी गरेका छन् । पुनले लेख्दा/बोल्दा ख्याल गर्न बालेनलाई सुझाव दिएका छन्।
शनिबार मध्यरातमा मेयर बालेनले सामाजिक सञ्जालमा लेखेको आपत्तिजनक स्टाटस केही बेरमै हटाए पनि त्यसको चर्चा अझै सामाजिक सञ्जालमा चलिरहेको छ।
त्यसै प्रसङ्गमा शिक्षामन्त्री पुनले सामाजिक सञ्जालमार्फत मेयर बालेनलाई सन्देश दिँदै भनेका छन् –‘सर्को ताने पनि केही होइन, तर सर्को तानेर नबोल्न र नलेख्न अनुरोध छ।’
मन्त्री पुनका रमाइला र दोहोरो अर्थ भएका स्टाटसका कारण सामाजिक सञ्जालमा प्रायः चर्चामा रहँदै आएका छन्। शिक्षामन्त्री बनेको डेढ महिनामै उनले आफ्ना सामाजिक सन्देशमार्फत जनचासो तान्न सफल भएका छन्।