बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

बालेनको आपत्तिजनक स्टाटसमा महावीर पुनको व्यङ्ग्यात्मक सुझाव

सर्को तानेर नबोल्नू, नलेख्नू
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १६ कात्तिक, २०८२ मा प्रकाशित
बालेनको आपत्तिजनक स्टाटसमा महावीर पुनको व्यङ्ग्यात्मक सुझाव
काठमाडौं, कात्तिक १६ :

शिक्षामन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह लक्षित वयङ्ग्यात्मक टिप्पणी गरेका छन् । पुनले लेख्दा/बोल्दा ख्याल गर्न बालेनलाई सुझाव दिएका छन्।

शनिबार मध्यरातमा मेयर बालेनले सामाजिक सञ्जालमा लेखेको आपत्तिजनक स्टाटस केही बेरमै हटाए पनि त्यसको चर्चा अझै सामाजिक सञ्जालमा चलिरहेको छ।

त्यसै प्रसङ्गमा शिक्षामन्त्री पुनले सामाजिक सञ्जालमार्फत मेयर बालेनलाई सन्देश दिँदै भनेका छन् –‘सर्को ताने पनि केही होइन, तर सर्को तानेर नबोल्न र नलेख्न अनुरोध छ।’

मन्त्री पुनका रमाइला र दोहोरो अर्थ भएका स्टाटसका कारण सामाजिक सञ्जालमा प्रायः चर्चामा रहँदै आएका छन्। शिक्षामन्त्री बनेको डेढ महिनामै उनले आफ्ना सामाजिक सन्देशमार्फत जनचासो तान्न सफल भएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार