सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

एकीकृत समाजवादी फेरि टुक्रियो : झलनाथ–घनश्याम समूहभित्र पनि विभाजन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १६ कात्तिक, २०८२ मा प्रकाशित
एकीकृत समाजवादी फेरि टुक्रियो : झलनाथ–घनश्याम समूहभित्र पनि विभाजन
कात्तिक १६ :

नेकपा (एकीकृत समाजवादी) भित्र फेरि नयाँ समूह गठन भएको छ। अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमाथि असन्तुष्टि जनाउँदै बनेको झलनाथ खनाल र घनश्याम भूसाल समूहभित्र पनि फूट परेको छ।

नेता कृष्णकुमार श्रेष्ठ (किसान) ले आफूहरू अब झलनाथ–घनश्याम समूहमा नरहेको स्पष्ट पारेका छन् ।  श्रेष्ठका अनुसार, उनीसँगै रामकुमारी झाँक्री, डा. वंशीधर मिश्र, होम बुढाथोकी, अमरबहादुर थापा, र अर्जुन राईलगायत नेताहरूले छुट्टै छलफल थालेका छन्।

श्रेष्ठले भने, ‘माधव नेपालले माओवादीमा जाने निर्णयमा हामी असहमत छौं।’श्रेष्ठले सम्भावित अर्को विकल्पका रूपमा एमालेमै फर्कने सम्भावना पनि खुला रहेको संकेत गरे। ‘एमालेले सहज वातावरण बनाए हामी पुरानै घर फर्कन सक्छौं, ’ उनले भने, ‘ देशभरबाट करिब सय जना नेताहरू फर्कने तयारीमा छन्।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार