
सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गरेको छ। मन्त्रिपरिषदको सोमबारको बैठकले गत भदौ २३ र २४ गते देशभर भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका ती व्यक्तिहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार, गृह मन्त्रालय अन्तर्गतको समिति, सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयबाट प्राप्त प्रतिवेदनका आधारमा ४५ जनाको नाम सहिदको सूचीमा समावेश गरिएको हो।
‘हामीले प्राप्त अध्ययन र प्रतिवेदनको आधारमा ४५ जनालाई राज्यको तर्फबाट सहिद घोषणा गरेका छौं,’ मन्त्री खरेलले भने, ‘हालका लागि यही सूचीलाई अन्तिम मानिएको छ र थप अध्ययन गर्ने योजना छैन।’
जेनजी आन्दोलनका क्रममा काठमाडौंसहित देशका विभिन्न भागमा व्यापक प्रदर्शन भएको थियो। सो आन्दोलनमा सुरक्षाकर्मीसहित मृत्यु हुनेको संख्या ७३ पुगेको थियो । यस्तै सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता धनश्याम ओझालाई तोक्ने समेत निर्णय गरेको छ ।
क्र.सं. नाम/थर ठेगाना
१ बुद्धिबहादुर तामाङ किर्तिपुर-२ काठमाडौं
२ सन्तोष बिश्वकर्मा बेलका-४ उदयपुर
३ सुलभ राज श्रेष्ठ नेपालगञ्ज-१ बाँके
४ श्रीयम चौलागाई बेलबारी-११ मोरङ
५ ईस्वत बहादुर अधिकारी कामपा-११ काठमाडौं
६ आयुष थापा नेपालगन्ज-१ बाँके
७ गौरब जोशी धनगढी-५ कैलाली
८ योग बहादुर श्रेष्ठ बारविसे-६ सिन्धुपाल्चोक
९ माधव सारू मगर भूमिकास्थान-४ अर्घाखाँची
१० बिमल बाबु भट्ट बारपाक सुलिकोट-५ गोरखा
११ असहाव आलम ठकुराई वीरगंज-१२ पर्सा
१२ सौरन किशोर श्रेष्ठ बाग्लुङ-४ बाग्लुङ
१३ सुभाष कुमार बोहरा खप्तडछान्ना-७ बझाङ
१४ रसिक खतिवडा खत्री पनौती-१० काभ्रे
१५ विनोद महर्जन ललितपुर-७ ललितपुर
१६ दिल नारायण तामाङ तिमाल-७ काभ्रे
१७ योगेन्द्र न्यौपाने गोलान्जोर-१ सिन्धुली
१८ अभिषेक श्रेष्ठ इनरुवा नपा-६ सुनसरी
१९ मोहन सरदार इटहरी-१४ सुनसरी
२० छत्रमान कुथुमी पाख्रिबास-२ धनकुटा
२१ ओझन बुढा स्वामिकार्तिक खापर-२ बाजुरा
२२ साजन राई धरान-२२ सुनसरी
२३ अनिश पराजुली पालुङटार-३ गोरखा
२४ सारकुमार राई चौदन्डीगढी-३ उदयपुर
२५ अर्जुन भट्ट गण्डकी-४ गोर्खा
२६ धिरज श्रेष्ठ तादी-३ नुवाकोट
२७ देव कुमार सुवेदी लालबन्दी-५ सर्लाही
२८ उमेश महत चौतारा साँगाचोकग-८ सिन्धुपाल्चोक
२९ प्रविण कुलुङ सिलिचुङ-३ संखुवासभा
३० निखिता गौतम कालिका-८ चितवन
३१ अभिषेक चौलागाई शैलुङ-४ दोलखा
३२ बिजय चौधरी लहान-१५ सिरहा
३३ भिम राज धामी दुर्गाथली-१ बझाङ
३४ निरज पन्त दशरथ-६ बैतडी
३५ दीपक सिंह साउद शिवनाथ-२ बैतडी
३६ शुभराज बलामी श्रेष्ठ ककनी-१ नुवाकोट
३७ ज्ञानिन्द्र सेढाई अर्जुनधारा-११ झापा
३८ दिनेश राजवंशी अर्जुनधारा-ड झापा
३९ कमल भण्डारी हिलिहाङ-२ पाँचथर
४० दिपेश सुनुवार तिनपाटन-६ सिन्धुली
४१ महेश बुढाथोकी विगु-३ दोलखा
४२ लच्छुमान राई पञ्चकन्या-२ नुवाकोट
४३ मिलन राय दुधौली-८ सिन्धुली
४४ अमृत गुरुङ रुपा-५ कास्की
४५ उत्तम थापा लेकाम-३ दार्चुला