बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

ऊर्जामन्त्री कुलमानको स्पष्टीकरण - मैले पदबाट राजीनामा दिन लागेको होइन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १७ कात्तिक, २०८२ मा प्रकाशित
ऊर्जामन्त्री कुलमानको स्पष्टीकरण - मैले पदबाट राजीनामा दिन लागेको होइन
काठमाडौं, कात्तिक १७ :

अन्तरिम सरकारमा ऊर्जा, खानेपानी र सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिएर नयाँ राजनीतिक दल खोल्न लागेको भन्ने समाचारको खण्डन गरेका छन् ।

राजनीतिमा प्रवेश गर्न राजीनामा दिने तयारीमा रहेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचारबारे उनले सोमबार फेसबुकमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्पष्ट पारेका छन् ।

फेसबुकमार्फत उनले लेखेका छन्,‘विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिँदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा कुनै सत्यता छैन भन्ने कुरा स्पष्ट पार्न चाहन्छु।’

उनले हालको अन्तरिम सरकार जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि बनेको भन्दै जनताको आशा र विश्वास पूरा गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। घिसिङले भने, ‘म निरन्तर आन्दोलनले दिएको जनादेश र जनविश्वास पूरा गर्न प्रतिबद्ध छु।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार