काठमाडौं, कात्तिक १८ :

नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले पुस १६ देखि १९ सम्म १५ औं महाधिवेशन गर्न प्रस्ताव राखेका छन् ।

मंगलबारको केन्द्रीय समिति बैठकमा उनले उक्त प्रस्ताव राखेका हुन् ।  कांग्रेसको संस्थापन पक्षले भने वैशाख अन्तिम साता  महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । आगामी वैशाख २७ देखि ३० सम्म महाधिवेशन गर्न प्रस्ताव गरेको हो ।

संस्थापन इतर पक्षले प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा भएको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता डा शेखर कोइरालालगायत पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र प्रदेश सभापति सहभागी छन् ।

बैठकले महाधिवेशनको दुवै पक्षको प्रस्तावबाट उपयुक्त कार्यतालिका प्रस्तुत गर्ने तयारी रहेको छ ।