सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति भिडियो

माओवादीसहित ९ दलको एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने

चुनाव चिह्न ‘तारा’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १८ कात्तिक, २०८२ मा प्रकाशित
माओवादीसहित ९ दलको एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने
काठमाडौं, कात्तिक १८ :

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित ९ वटा दल र समूहबीच हुने एकतापछि नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने भएको छ।

माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको मंगलबार प्रज्ञा प्रतिष्ठानमा बसेको पूर्ण र अन्तिम बैठकले उक्त प्रस्ताव पारित गरेको हो।

माओवादी नेता रामप्रसाद सापकोटाका अनुसार एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ र चुनाव चिन्ह ‘तारा’ रहनेछ। उनका अनुसार माओवादी केन्द्रले पारित गरेको यो प्रस्तावबारे अन्य एकतामा रहेका दलहरूसँग थप छलफल गरेर अघि बढाइनेछ।

बैठकपछि पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बुधबार नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूसँग औपचारिक एकता घोषणा गरिने जानकारी दिए। उनका अनुसार एकता घोषणासभाबाट घोषणापत्र, अन्तरिम विधान पारितका साथै केन्द्रीय समिति गठन गरिनेछ।

प्रवक्ता सापकोटाले एकीकृत पार्टीले आगामी ६ महिनाभित्र एकता महाधिवेशन गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन र सामाजिक न्यायसहित मुलुकको रुपान्तरणका लागि बृहत् कम्युनिस्ट एकता आवश्यक भएको बताए। उनका अनुसार पार्टीको सिद्धान्त माक्सवाद–लेनिनवाद रहनेछ भने कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवादमा आधारित हुनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार