काठमाडौं, कात्तिक १९ :
एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ (किसान)ले एमालेमा फर्किने घोषणा गरेका छन्। माओवादी केन्द्रसँगको एकता प्रक्रियामा सहभागी नहुने बताएका श्रेष्ठले आफूहरू अब एमालेमा निःशर्त फर्किन लागेको स्पष्ट पारेका हुन्।
बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘म र रामकुमारी झाँक्री कसैसँग एकता गर्दैनौं। मूल घर पसिना बगाएर बनाएको एमाले नै हो, अब त्यही घर फर्किने अभियान सुरु गरेका छौं।’
श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरूलाई एमालेमा फर्किँदा कुनै पद वा विशेष सर्त नचाहिएको समेत स्पष्ट पारे। ‘निशर्त हामी एमालेमा फर्किँदैछौं। हामीलाई मूल घरमा केही चाहिएको छैन,’ उनले भने।
उनका अनुसार पार्टी एकता प्रक्रियामा असन्तुष्टि रहेका अन्य नेताहरूलाई पनि एमालेमा फर्किने अभियानमा सहभागी गराउने तयारी भइरहेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने