सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

प्रचण्डले भने- हामी देशको एकनम्बरको पार्टी भयौं, कसैलाई निन्द्रा लागोस् नलागोस्

‘उत्पादनको जिम्मा बामदेव गौतमलाई नै दिने सोच्दैछु’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १९ कात्तिक, २०८२ मा प्रकाशित
प्रचण्डले भने- हामी देशको एकनम्बरको पार्टी भयौं, कसैलाई निन्द्रा लागोस् नलागोस्
काठमाडौं, कात्तिक १९ :

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले हाम्रै भूमिमा समाजवाद निर्माण गर्ने बताएका छन् । 

१० कम्युनिस्ट घटकको पार्टी एकता घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् । एकीकृत दलको नेतृत्व गर्नु पनि आफ्ना लागि निकै ठूलो जिम्मेवारी भएको पनि उनले बताए ।

राष्ट्र बचाउनको निम्ति एमालेसँग पनि हातेमालो गर्न तयार छौं,प्रचण्डले भने । बामपन्थी कम्युनिस्ट मिलेर मात्र पनि हुँदैन यहाँ लोकतन्त्र,गणतन्त्रको रक्षाको पक्षमा आवाज उठाउनेहरुसँग पनि एकताबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

जेनजी युवा पुस्ताहरुले भ्रष्टाचारकाविरुद्ध र सुशासनको पक्षमा आवाज उठाएको र आफूहरुको कमजोरीलाई उजागर गरेको भन्दै धन्यवाद दिए । पार्टीहरु सच्चिनुपर्छ भन्ने ती युवाहरुलाई सम्मान समेत गरे ।

युवा पुस्तालाई पार्टी संरचनामा मात्र होइन राजनीतिक तहमा पनि उच्च स्थानमा राख्ने प्रचण्डले प्रतिबद्धता व्यक्त गरे । वरिष्ठ नेता बामदेव गौतमले समाजवाद निर्माण र उत्पादनमुखी राजनीतिमा जोड दिएका थिए । यसको जवाफमा प्रचण्डले भने,‘उत्पादनको जिम्मा बामदेव गौतमलाई नै दिने सोच्दैछु’

उनले भने,‘तपाईंले लेखेको पुस्तक पढ्दैछु, मेरो त जेनजी आन्दोलनमा आगजनीमा जले’ सबैको सल्लाह सुझावलाई आत्मसाथ गर्ने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार