बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
राजनीति भिडियो

मुलुकभरका स्थानीय पालिकामा एमालेको प्रदर्शन

संसद् पुन:स्थापनाको माग
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २५ कात्तिक, २०८२ मा प्रकाशित
मुलुकभरका स्थानीय पालिकामा एमालेको प्रदर्शन
काठमाडौं, कात्तिक २५ :

विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेकपा(एमाले) ले मुलुकभरका स्थानीय पालिकामा प्रदर्शन गरेको छ ।

मंगलबार एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत विभिन्न पालिकाहरुमा मोटरसाइकल र्‍यालीका साथै नारा जुलुस गरिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध एमालेले देशैभरि जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रर्दशनका कार्यक्रमहरु सार्वजनिक गरेको थियो ।

यसैक्रममा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौंको बसन्तपुर क्षेत्रमा जनप्रदर्शन तथा सद्भाव र्याली निकालेको थियो । एमाले नेता आनन्दप्रसाद पोखरेलले प्रतिनिधिसभा विघटनविरुद्ध देशैभर प्रदर्शन गरेको जानकारी दिए । 

आफूहरुको प्रदर्शनलाई जागरण अभियानको रुपमा अघि बढाइएको उनले बताए । एमालले कात्तिक २९ गते जिल्लास्तर र आगामी मङ्सिर ६ गते काठमाडौँमा जनप्रदर्शन गर्ने तयारी गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार