बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति भिडियो

दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले आन्दोलन र वार्ता सँगसँगै लैजाने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २६ कात्तिक, २०८२ मा प्रकाशित
दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले आन्दोलन र वार्ता सँगसँगै लैजाने
काठमाडौं, कात्तिक २६ :

सरकार र दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानका प्रतिनिधिबीच वार्ता भएको छ । बुधबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग महाअभियानका प्रतिनिधिबीच वार्ता भएको हो ।

वार्ताका क्रममा महाअभियानको तर्फबाट गृहमन्त्रीसमक्ष २७ बुँदे माग प्रस्तुत गरिएको छ । पहिलो चरणको वार्ता सकारात्मक ढंगले अघि बढेको प्रवक्ता माधव कल्पितले बताए । २७ बुँदेमा केही राजनीतिक बाहेक अरु सबै सरकारले नै पूरा गर्न सक्ने खालको भएको बताइएको छ ।

उनले आन्दोलन र वार्ता सँगसँगै जाने समेत बताए । नागरिक बचाउ अभियान मंसिर ७ गतेबाट अनिश्चितकालिन आन्दोलन घोषणा गरिसकेको छ । उनले आन्दोलन गर्नु आफूहरुको रहर नभई बाध्यता भएको बताए । आन्दोलन सुरु हुनुभन्दा अगावै आफूहरुको माग सरकारले पूरा गर्ने उनको विश्वास छ ।
जनताका अभिभावक सरकार हो तसर्थ सरकारले जनताको माग पूरा गर्नुपर्छ महाअभियानको ठहर छ । 

सहकारी, लघुवित्त लगायतबाट लिएको २० लाभ भन्दा मुनिको ऋण मिनाह गर्नुपर्ने दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको माग छ । ऋणको कै कारण कतिपय दिदीबहिनीहरु विदेशमा शरीर बेच्च बाध्य भएको र बाबुको ऋणका कारण छोराछोरी विदेश जानबाट बन्चित भएको बारेमा समेत सरकारको ध्यानाकर्षण गराइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार