आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार मधेस प्रदेश

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले बोलाए सर्वदलीय बैठक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २९ कात्तिक, २०८२ मा प्रकाशित
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले बोलाए सर्वदलीय बैठक
धनुषा, कात्तिक २९ :

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले सर्वदलीय बैठक बोलाएका छन् ।

आज ३ बजेका लागि सर्वदलीय बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।  प्रदेश भवन अगाडि सात दलका नेता र कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन् भने त्यहाँको सुरक्षाका लागि सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादवले आजै सुरक्षा परिषद्को बैठक गरेका छन् ।

बैठकमा सेना,प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधि,प्रदेशका विभिन्न मन्त्रालयका सचिव र प्रतिनिधिसमेत सहभागी बैठकमा प्रदेशको आगामी सुरक्षा रणनीति तयारीका बिषयमा छलफल भएको बताईएको  छ ।

यसअघि मुख्य मन्त्री यादवले बिहान पत्रकार सम्मेलन गरी आफूमाथी सुरक्षा थ्रेट रहेको बताएका थिए ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार