चालु आर्थिक वर्षको तीन महिनामा रेमिट्यान्समार्फत ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको छ । पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले बढेर ५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिना प्रतिवेदनले विप्रेषणमा उच्च वृद्धि देखाएको हो।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण वृद्धिदर ११.९ प्रतिशत मात्र थियो। चालु वर्षको असोज महिनामा मात्रै २ खर्ब १ अर्ब २२ करोड विप्रेषण भित्रिएको बैंकले जनाएको छ। यो रकम गत वर्ष असोजमा १ खर्ब ४४ अर्ब १७ करोड थियो।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले बढेर ३ अर्ब ९४ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो वृद्धिदर १०.६ प्रतिशत थियो।
खुद द्वितीय आय (ट्रान्सफर) पनि उच्च वृद्धि हुँदै ६ खर्ब १० अर्ब ६१ करोड पुगेको छ, जबकि गत वर्ष यही अवधिमा यो ४ खर्ब ४३ अर्ब ७६ करोडमा सीमित थियो।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि बढेको छ। समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति लिने संख्या १ लाख २३ हजार ४५९ पुगेको छ भने पुनः श्रम स्वीकृति लिने ७७ हजार २५७ रहेका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ