बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी #आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी
विदेश

मक्काबाट मदिना जाँदै गरेकाे बस दुर्घटना हुँदा ४२ भारतीय नागरिकको मृत्यु

मृतकमध्ये २० महिला र ११ बालबालिका
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ मंसिर, २०८२ मा प्रकाशित
मक्काबाट मदिना जाँदै गरेकाे बस दुर्घटना हुँदा ४२ भारतीय नागरिकको मृत्यु
काठमाडौं, मंसिर १ :

मक्काबाट मदिना जाँदै गरेको बस सोमबार इन्धन बोकेको डीजल ट्यांकरसँग ठोकिँदा ४२ भारतीय नागरिकको मृत्यु भएको छ। साउदी अरबमा सोमबार राति भएको उक्त दुर्घटनामा ४२ जना भारतीय नागरिकको मृत्यु भएको पुष्टि भएको छ।

मृतकमध्ये २० महिला र ११ बालबालिका रहेको बताइएको छ। प्रारम्भिक जानकारी अनुसार दुर्घटनाबाट बस चालक मात्र जीवित जोगिन सफल भएको छ।

मृतकमध्ये अधिकांश  हैदराबादका भएको अनुमान गरिएको छ। दुर्घटना मदीनाबाट करिब १६० किलोमिटर टाढा मुहरास नजिक भारतीय समय अनुसार राति १:३० बजे भएको थियो। त्यो समयमा धेरै यात्रुहरू मस्त निन्द्रामा थिए । जसका कारण उनीहरुलाई भाग्ने कुनै मौका नै मिलेन ।

यस घटनापछि तेलंगाना सरकारले रियादस्थित भारतीय दूतावाससँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ। राज्य सरकारद्वारा जारी विज्ञप्तिमा मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीस्थित अधिकारीहरूलाई दूतावाससँग समन्वय गर्दै पीडितहरूको पहिचान तथा आवश्यक सबै औपचारिकतामा सहयोग गर्न निर्देशन दिएको उल्लेख छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार