बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति विदेश

मानवताविरुद्धको अपराधमा शेख हसिना दोषी ठहर, सुनाइयो मृत्युदण्डको सजाय

हसिना भन्छिन्- यस्ता फैसलाको पर्वाह गर्दिन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ मंसिर, २०८२ मा प्रकाशित
मानवताविरुद्धको अपराधमा शेख हसिना दोषी ठहर, सुनाइयो मृत्युदण्डको सजाय
ढाका, मंसिर १ :

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरिएको छ । त्यहाँको एक अदालतले सोमबार हसिनालाई मानवअधिकार विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

भारतमा निर्वासनमा बसिरहेकी उनलाई अनुपस्थितमै अभियोजन र सुनुवाइ प्रक्रिया अघि बढाइएको हो। ४५३ पृष्ठ लामो फैसलाको फैसला बांग्लादेश टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।

हसिनामाथि लागेका मानवता विरुद्धको अपराधका ५ आरोपहरूमाथि महिनौँसम्म चलेको मुद्दाको फैसला सोमबार सुनाइएको हो । गत वर्ष विद्यार्थी नेतृत्वमा भएको विद्रोहमाथि उनले घातक दमनकारी कारबाही गर्न आदेश दिएको आरोप छ ।

हसिनाको फैसलालाई लिएर सरकारले उच्च सतर्कता (हाई अलर्ट) को घोषणा गरेको छ। फैसलापछि हिंसा अझ बढ्ने आशंकालाई ध्यानमा राख्दै देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ।

फैसला आउनुअघि नै हसिनाले आफूविरुद्धका आरोपहरू झूटो भएको र यस्ता फैसलाहरूलाई आफूले पर्वाह नगर्ने बताएकी छन्। ‘यति सजिलो छैन, अवामी लीग जरा–जरा गाउँबाट उठेको पार्टी हो, कुनै सत्ता हत्याराको खल्तीबाट जन्मिएको होइन,’ ७८ वर्षीया हसिनाले बंगालीमा भनेकी छिन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार