बुधबार, ९ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल एसिया कप#बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा #नेपाल एसिया कप#बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा
खेलकुद क्रिकेट

एनपीएलः बोपाराको अर्धशतकको मद्दतमा चितवन राइनोज विजयी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ मंसिर, २०८२ मा प्रकाशित
एनपीएलः बोपाराको अर्धशतकको मद्दतमा चितवन राइनोज विजयी
काठमाडौं, मंसिर २ :

नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको दोस्रो खेलमा रबि बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोज विजयी भएको छ । चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाउँदै १६६ रनको योगफल बनायो । एक सय ६७ रनको विजयी लक्ष्य चितवनले पाँच बल बााकी छँदै ६ विकेट गुमाउदै पूरा ग¥यो ।

चितवनको जितमा बोपाराले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ३६ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । त्यस्तै दिपक बोहोराले ३६ बलमा ६ चौका र एक छक्काको सहयोगमा ४२ रन बनाए । सइफ जइबले १६ बलमा दुई चौका र चार छक्का हान्दै ३८ तथा कप्तान कुशल मल्ले १५ बलमा दुई छक्काको मद्दतमा २० रन बनाए ।

बलिङततर्फ कर्णाली याक्सका लागि कप्तान सोमपाल कामीले दुई तथा उनिस सिंह, मार्क वाट र युवराज खत्रीले एक एक विकेट लिए ।  

त्यसअघि कर्णाली याक्सका लागि ओपनर प्रियाङ्क पञ्चालले सर्वाधिक ९० रनको योगदान दिए । उनी शतक बनाउनबाट १० रनले चुके । पहिलोपटक एनपिएल खेलिरहेका पञ्चालले ४८ बलमा सात चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ९० रन बनाएका हुन् । यस संस्करणमा अर्थशतक बनाउने उनी दोस्रो खेलाडी बनेका छन् ।  
त्यसैगरी म्याक्स ओडाउडले ३० बलमा एक चौका हान्दै २० रन बनाए । मार्क वाटले २१ बलमा एक चौकाको मद्दतमा १६, पवन शर्राफले अविजित २७ तथा नाजिबुल्लाह जद्रानले अविजित चार रन बनाए ।

बलिङतर्फ चितवन राइनोजका सोहेल तानविर, सइफ जैब र रबि बोपराले एक एक विकेट लिए । आजै खेलिने दोस्रो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल  अपराह्न ४ बजे सुरु हुनेछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार