
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीका लागि विशेष महाधिवेशन अब निर्विकल्प भएको बताएका छन् ।
केन्द्रीय समितिको बैठकपछि पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले विशेष महाधिवेशन निर्विकल्प भएको बताएका हुन्। उनले पार्टीले निर्वाचनमा जाने निर्णय गरेको पनि बताए । उनले भने चुनावमा जाने उत्तम विकल्प के हो भने जुन दिन विशेष महाधिवेशन गर्न उपयुक्त हुन्छ । त्यो दिन काँग्रेसको विशेष महाधिवेशन गर्नु पर्दछ ।
नियमित महाधिवेशनका लागि आफूले केन्द्रीय समितिमा कार्यतालिका सहित प्रस्ताव पेश गरेको तर नेताहरुले सकिन्न भनेको हुँदा अब विशेष महाधिवेशन निर्विकल्प भएको समेत थापाको भनाई छ ।
महामन्त्री थापाले यस अघि केन्द्रीय समितिमा बोल्ने क्रममा नियमित महाधिवेशनका लागि नेताहरु तयार नहुने हो भने मंसिरको २७ मा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
विशेष महाधिवेशन गर्दिन भन्ने अधिकार केन्द्रीय समितिलाई नहुने महामन्त्री थापाले बताए ।