बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

विशेष महाधिवेशन अब निर्विकल्प हो: महामन्त्री थापा

विशेष महाधिवेशन गर्दिन भन्ने अधिकार केन्द्रीय समितिलाई छैन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ६ मंसिर, २०८२ मा प्रकाशित
विशेष महाधिवेशन अब निर्विकल्प हो: महामन्त्री थापा
काठमाडौं, मंसिर ६ :

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीका लागि विशेष महाधिवेशन अब निर्विकल्प भएको बताएका छन् ।

केन्द्रीय समितिको बैठकपछि पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले विशेष महाधिवेशन निर्विकल्प भएको बताएका हुन्। उनले पार्टीले निर्वाचनमा जाने निर्णय गरेको पनि बताए । उनले  भने चुनावमा जाने उत्तम विकल्प के हो भने जुन दिन विशेष महाधिवेशन गर्न उपयुक्त हुन्छ । त्यो दिन काँग्रेसको विशेष महाधिवेशन गर्नु पर्दछ ।

नियमित महाधिवेशनका लागि आफूले केन्द्रीय समितिमा कार्यतालिका सहित प्रस्ताव पेश गरेको तर नेताहरुले सकिन्न भनेको हुँदा अब विशेष महाधिवेशन निर्विकल्प भएको समेत थापाको भनाई छ ।

महामन्त्री थापाले यस अघि केन्द्रीय समितिमा बोल्ने क्रममा नियमित महाधिवेशनका लागि नेताहरु तयार नहुने हो भने मंसिरको २७ मा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

विशेष महाधिवेशन गर्दिन भन्ने अधिकार केन्द्रीय समितिलाई नहुने महामन्त्री थापाले बताए ।

 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार