बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

मिराज ढुंगाना नेतृत्वको ‘जेनजी’ समूहलाई प्रहरीले सिंहदरबार छिर्न दिएन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ मंसिर, २०८२ मा प्रकाशित
मिराज ढुंगाना नेतृत्वको ‘जेनजी’ समूहलाई प्रहरीले सिंहदरबार छिर्न दिएन
काठमाडौं, मंसिर ९ :

प्रधानमन्त्रीसँग भेटेर मागबारे छलफल गर्न सिंहदरबार प्रवेश गर्न पुगेको मिराज ढुंगाना नेतृत्वको ‘जेनजी’ समूहलाई प्रहरीले आज पनि प्रवेश अनुमति नदिई बाहिरै रोकिदिएको छ।

मंगलबार दिउँसो करिब १२ बजे सिंहदरबार पुगेको समूहले भित्र जान प्रयास गरेपछि सुरक्षार्थ खटिएका प्रहरी र सेनाले उनीहरूलाई प्रवेशद्वारमै रोकेका हुन्। निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेकाले टोलीलाई हटाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।

समूहलाई अनामनगरस्थित भाटभटेनी नजिकै पनि प्रहरीले परसम्म हटाएको जनाइएको छ। सोमबार प्रधानमन्त्रीसँग भेट नपाएपछि जेनजी समूहले मागपत्र सिंहदरबार दक्षिण गेटमै टाँसेर फर्किएको थियो। त्यसपछि प्रधानमन्त्रीसँग पुनः भेट गर्ने उद्देश्यले आज सिंहदरबार पुगेको समूहलाई फेरि प्रवेश नदिइएपछि उनीहरू बाहिरै रोकिएका हुन्। सिंहदरबार वरपर आज पनि ठूलो संख्यामा नेपाल प्रहरी र नेपाली सेनाको सुरक्षा व्यवस्था कडा पारिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार