आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति भिडियो

‘पुराना राजनीतिक दल व्यवस्था परिवर्तन गर्न सफल भए पनि समृद्धिको नेतृत्व गर्न चुके’

संक्रमणलाई सम्हाल्न नसके पुन: प्रतिगमन फर्किने खतरा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० मंसिर, २०८२ मा प्रकाशित
‘पुराना राजनीतिक दल व्यवस्था परिवर्तन गर्न सफल भए पनि समृद्धिको नेतृत्व गर्न चुके’
काठमाडौं, मंसिर १० :

ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासन कायमका साथै तोकिएको समयमा नै निर्वाचन गर्न सरकार केन्द्रीत भएको बताएका छन् ।

राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस इन्स्टिच्युटले बुधबार काठमाडौंमा आयोजना गरेको नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको उद्घाटन सत्रमा मन्त्री घिसिङले जेनजी आन्दोलनको भावना अनुसार मुलुकमा सुशासन कायम गर्न र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सरकार केन्द्रीत रहेको बताए ।

मन्त्री घिसिङले सबै राजनीतिक दल निर्वाचन भाग लिन निर्वाचन आयोगमा दर्ता भइसकेकाले तोकिएको समयमा नै निर्वाचन हुने दाबी गरे । लामो समयदेखिको आक्रोश र असन्तुष्टि जेनजी आन्दोलनका रूपमा प्रकट भएको भन्दै छोटो समयमा नै जनतामा आशा जगाउनुपर्ने उनले बताए । मन्त्री घिसिङले राजनीतिक र व्यवस्था परिवर्तन गर्न पुराना राजनीतिक दल र नेता सफल भए पनि परिवर्तनपश्चात समृद्धिको नेतृत्व गर्न चुकेको जिकिर गरे । उनले संकटका अवस्थामा आफू मन्त्री बनेको भन्दै चुनौतीलाई अवसरमा बदल्ने गरी काम गर्ने बताए।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उपासभापति स्वर्णिम वाग्लेले एक–दुई दशकदेखिको उकुसमुकुश जेनजी आन्दोलनका नाममा प्रकट भएको बताए । जेनजी आन्दोलनपछि मुलुकको अर्थराजनीतिक कोर्श नै फेरिने अवस्थामा पुगेको भन्दै संक्रमणलाई सम्हाल्न सके देशलाई निकै अघि बढाउन सकिने उनले बताए । संक्रमणलाई सम्हान नसके पुन प्रतिगमन फर्किने खतरा रहेको उनको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार