आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
अर्थतन्त्र

सुरक्षा कोषमा जम्मा रकम उचित क्षेत्रमा परिचालन गर्न अध्यक्ष ढकालको सुझाव

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ मंसिर, २०८२ मा प्रकाशित
सुरक्षा कोषमा जम्मा रकम उचित क्षेत्रमा परिचालन गर्न अध्यक्ष ढकालको सुझाव
काठमाडौं, मंसिर ११ :

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु चुनौतीपूर्ण रहेको बताएका छन् ।

सामाजिक सुरक्षा दिवसका अवसरमा बिहीबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ढकालले औपचारिक रुपमा अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाईसामाजिक सुरक्षाको दायरामा ल्याउनु चुनौतीपूर्ण रहेकाले सरकार लगाएत सरोकारवाला सवै गम्भीर भएर लाग्नुपर्ने बताए । 

उनले सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदान रकम उचित क्षेत्रमा परिचालन गर्नुपर्ने सुझाव दिए । साथै उनले सामाजिक सुरक्षा कोषको सेवालाई प्रविधिमैत्री र दायरा विस्तारमा ध्यान दिन आग्रह गरे ।

त्यस्तै ढकालले संयमित र समावेशी श्रम बजारको निर्माण कुनै पनि देशको आर्थिक रुपान्तरणको आधारशीला भएको धारणा राखे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार