बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

समाधानका विकल्प खोज्न पूर्वपदाधिकारीहरूलाई देउवाको निर्देशन

प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन नगर्न सुझाव
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ मंसिर, २०८२ मा प्रकाशित
समाधानका विकल्प खोज्न पूर्वपदाधिकारीहरूलाई देउवाको निर्देशन
फाइल तस्बिर ।
काठमाडौं, मंसिर ११ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा देखिएको समस्यालाई सहमतिको माध्यमबाट समाधान गर्न नेताहरूलाई निर्देशन दिएका छन्।

 महाधिवेशनको समयलाई लिएर बढ्दो विवादबीच महाराजगञ्जस्थित आफ्नै निवासमा बिहीबार संस्थापन पक्षका पूर्वपदाधिकारीहरूलाई बोलाएर देउवाले विवाद चर्कन नदिई समाधानका विकल्प खोज्दै सहमतिका साथ अगाडि बढ्न नेताहरूलाई सुझाव दिएका छन्।

त्यसबखत सभापति पूर्वपदाधिकारीहरूले सभापति देउवालाई प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन गर्न नहुने सुझाव दिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

कांग्रेस प्रवक्ता डा. महतले  भने, ‘हामीले राखेको विषय सभापतिज्यूलाई थाहा भएकै रहेछ । उहाँ स्वयंले पनि अहिले महाधिवेशन गरिनु पार्टीका लागि राम्रो नहुने मत राख्नुभयो।’

छलफलमा सहभागी शीर्ष नेताहरूले पनि प्रतिनिधिसभा निर्वाचनपछि मात्रै पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने आफ्नो अडान दोहोर्‍याएका थिए। सभापति देउवाले भने समग्र परिस्थितिलाई बुझ्दै पार्टीलाई क्षति नपुग्ने बाटो अपनाउन सबैलाई एकमत हुन आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार