बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

सामाजिक सुरक्षाको दायरामा आउन निजी सञ्चारमाध्यमलाई मन्त्री खरेलको आह्वान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ मंसिर, २०८२ मा प्रकाशित
सामाजिक सुरक्षाको दायरामा आउन निजी सञ्चारमाध्यमलाई मन्त्री खरेलको आह्वान
फाइल तस्बिर ।
काठमाडौं, मंसिर ११ :

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सामाजिक सुरक्षाको दायरामा आउन निजी सञ्चारमाध्यमलाई आह्वान गरेका छन् । 

बिहीबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले निजी सञ्चार माध्यममा समेत योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न आह्वान गरेका हुन् ।

कानुनमा नै औपचारिक क्षेत्र सामाजिक सुरक्षाको दायरामा आउनुपर्ने व्यवस्था रहेको उनले बताए। उनले सामाजिक सुरक्षाको दायरामा आउदा सञ्चारमाध्यमलाई कुनै घाटा नहुने जिकिर गरे । त्यस्तै उनले सबै सरकारी सञ्चार माध्यममा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रारम्भ गरिएको जानकारी दिए ।

सार्वजनिक सेवा प्रसारण नेपाल, राष्ट्रिय समाचार समिति, गोरखापत्र, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिमा कार्यरत सबै सञ्चारकर्मी तथा कर्मचारीहरूमा सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन हुने गरी द्विपक्षीय सम्झौता भएको उनले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार