काठमाडौँ, असोज ९ :

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले सिसाको बढ्दो प्रयोग घटाउन नीतिगत प्रतिवद्धता जरुरी भएको बताउनुभएको छ ।

यसका लागि सरकारले आवश्यक परे कतिपय कुरामा प्रतिवन्ध लगाएर भएपनि सिसाको प्रयोग घटाउन सकिने उहाँको भनाइ थियो । 

 युएसएआइडी र युनिसेफले अमेरिकामा आयोजना गरेको ‘लिड फ्रि फ्युचरः पार्टनरसिप लन्च एण्ड प्लेजिङ इभेन्ट’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  संयुक्त राष्ट्र संघ र यसका निकायहरुले सिसाको विषाक्तताको मुद्दालाई उच्च प्राथमिकतामा राख्नुपर्ने  बताउनुभयो ।

 विश्व बैंक र अन्य अन्तर्राष्ट्रिय दाताहरूले समस्यामा रहेका देशहरूलाई सहयोग बढाउन प्रधानमन्त्री ओलीले आग्रह पनि गर्नुभयो ।