
काठमाडौं, भदौ २३ :
काठमाडौँको माइतीघरमा मंगलबार साँझ आत्मदाहको प्रयास गरेकी एक महिलालाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको छ।
आफैलाई आगो लगाएर घाइते भएकी ती युवतीको वीर अस्पतालमा उपचार भइरहेको छ । जेनजी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन भइरहँदा गोरखा घर भई काठमाडौँ बस्ने ३० वर्षीया लक्ष्मीदेवी बस्नेतले भने आफैंमा आगो लगाएको प्रहरीले जनाएको छ।
उनले कार्यक्रम भइरहँदा साँझ साढे ६ बजेतिर प्रज्वलनशील वस्तु खन्याएर आफैलाई आगो लगाएकी थिइन्। ती युवती आगो लगाउनुको कारण खुल्न नसकेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताए ।
यसैबीच,ग्यास नपाएको भन्दै धोवी खोलामा हामफालेका एक पुरुषलाई प्रहरीले र स्थानीयवासीले उद्धार गरेको छ । आज दिउँसो ती व्यक्तिको उद्धार भएको हो ।