बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

वैदेशिक रोजगारको नीतिगत समस्या हटाउन त्रिपक्षीय कार्यदल गठन गरिने

मलेसियाको नयाँ मापदण्ड अस्वीकार
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १६ मंसिर, २०८२ मा प्रकाशित
वैदेशिक रोजगारको नीतिगत समस्या हटाउन त्रिपक्षीय कार्यदल गठन गरिने
काठमाडौं, मंसिर १६ :

वैदेशिक रोजगारसम्बन्धी नीतिगत समस्या समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिपक्षीय कार्यदल गठन गर्ने भएको छ। श्रम सचिव कृष्णहरि पुष्करका अनुसार वैदेशिक रोजगार ऐन संशोधनको प्रक्रियासँगै म्यानपावर कम्पनी, स्वास्थ्य संस्था र अभिमुखीकरण केन्द्रबीचको भूमिकालाई स्पष्ट पार्न कार्यदल आवश्यक परेको हो।

वैदेशिक रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा रोजगार व्यवसायी संघ, स्वास्थ्य व्यवसायी महासंघ र अभिमुखीकरण महासंघका प्रतिनिधि रहने कार्यदलले दुई साताभित्र प्रतिवेदन दिनेछ। सो प्रतिवेदनका आधारमा प्रधानमन्त्रीसँग छलफल गरी नीतिगत निर्णय लिइने बताइएको छ।

पुष्करले सेवा शुल्क निर्धारण, श्रमिकलाई सहुलियत ऋण उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको तथा वैदेशिक रोजगार क्षेत्रमा कुनै प्रकारको एकाधिकार स्वीकार नहुने समेत स्पष्ट पारे। हालै मलेसियाले तोकेको मापदण्डलाई नेपालले अस्वीकार गरेको र त्यसबारे मलेसियाबाट प्रतिक्रिया नआएको उनले जानकारी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार