आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

कुलमान घिसिङले भने- नेतृत्वको असफलता कारण नेपालको आर्थिक विकासमा चुक्यौं

देश विकासका लागि विचारभन्दा नेतृत्व महत्वपूर्ण
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ मंसिर, २०८२ मा प्रकाशित
कुलमान घिसिङले भने- नेतृत्वको असफलता कारण नेपालको आर्थिक विकासमा चुक्यौं
काठमाडौं, मंसिर १७ :

ऊर्जामन्त्री कुलमान घिसिङले देशको विकासका लागि विचारभन्दा नेतृत्व महत्वपूर्ण रहेको बताएका छन्। ‘उज्यालो नेपाल पार्टी’को घोषणा सभामा प्रमुख अतिथि घिसिङले ७५ वर्षको इतिहासमा देशमा भएका राजनीतिक परिवर्तनहरूका बाबजुद पनि आर्थिक विकासमा असफलता देखिएको उल्लेख गरे।

घिसिङले भने, ‘सही व्यक्तिको छनोट नहुँदा देश बन्न नसकेको हो। हामीले ७५ वर्षमा धेरै राजनीतिक परिवर्तन हेर्‍यौं, तर आर्थिक क्रान्तिमा असफल बन्यौं।’

उनले नेपालसँगै भारत र चीनका राजनीतिक परिवर्तनलाई पनि उल्लेख गर्दै भने, ‘२००७ सालमा नेपालमा राजनीतिक परिवर्तन आयो, त्यही समयमा भारत र चीनमा पनि ठूला परिवर्तन भए। ७५ वर्षमा चीनले आफ्नो जीडीपी ३५० गुणा र भारतले १५० गुणा वृद्धि गरेको छ। नेपालले भने ७५ वर्षमा ७५ गुणा मात्र वृद्धि गर्न सक्यो।’ परिणाममुखी राजनीतिक कसैले पनि नगरेको घिसिङको भनाइ थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार