बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

महाधिवेशन सार्ने चलखेल भए विशेष महाधिवेशन अपरिहार्य हुने चेतावनी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ मंसिर, २०८२ मा प्रकाशित
महाधिवेशन सार्ने चलखेल भए विशेष महाधिवेशन अपरिहार्य हुने चेतावनी
काठमाडौं, मंसिर १८ :

कांग्रेसभित्र विशेष महाधिवेशनका लागि पहल गरिरहेका नेताहरूले पार्टी नेतृत्वलाई नियतित महाधिवेशन पछि सार्ने कुनै पनि प्रयास नगर्न कडा चेतावनी दिएका छन्।

काठमाडौंमा आयोजित १५‍औँ महाधिवेशन तयारीसम्बन्धी अन्तर्क्रियामा उनीहरूले नियमित महाधिवेशन रोकिने संकेत देखा परे स्वाभाविक रूपमा विशेष महाधिवेशन अपरिहार्य हुने टिप्पणी गरे।

नेता गुरुराज घिमिरेले केन्द्रीय समितिले पारित गरेको कार्यतालिकामा फेरबदल गर्ने प्रवृत्ति देखिए पार्टी आन्तरिक दबाबकै कारण विशेष महाधिवेशनतर्फ धकेलिन सक्ने बताए। उनका अनुसार नेतृत्वले निर्वाचन अघि महाधिवेशन गर्न तयार देखिएको पनि उक्त दबाबकै परिणाम हो।

घिमिरेले बहुमतको बलमा आफूहरू महाधिवेशनका तयारीमा जुटिरहेको उल्लेख गर्दै आफ्नो समूहलाई कमजोर ठान्ने भूल नगर्न चेतावनी दिए।

उनले कसैले अवरोध खडा गर्ने प्रयास गरे एकताबद्ध रूपमा प्रतिवाद गर्ने दृढता व्यक्त गर्दै पार्टीभित्र अनुशासन र समयतालिका पालना गर्नुपर्नेमा जोडदिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार