सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार खेलकुद क्रिकेट

लिग चरणको अन्तिम खेल आज कर्णाली र जनकपुरबीच हुने

· आइतबार, २१ मंसिर, २०८२ मा प्रकाशित
लिग चरणको अन्तिम खेल आज कर्णाली र जनकपुरबीच हुने
काठमाडौं, मंसिर २१ :

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ ।

अपराह्न ३:३० बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्नेछन् ।

छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् ।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले  इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार