नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आगामी महाधिवेशनमा छलफलका लागि छुट्टै अवधारणा पत्र पार्टी कार्यालयमा बुझाएका छन् । सोमबार च्यासलस्थित पार्टी कार्यालय पुगेर पोखरेलले ४० पृष्ठ लामो अवधारणा पत्र पार्टी महासचिव शंकर पोखरेललाई बुझाएका हुन् ।
पोखरेलको अवधारणापत्रमा फरक मत राखेकै कारण कसैले पार्टीमा अपमानित या उपेक्षित भएको अनुभूति गर्ने अवस्था सिर्जना हुन नदिने, उपयुक्त विधिद्वारा निर्णय भइसकेपछि निर्णय कार्यान्वयनको प्रत्याभूतिको सुनिश्चित गर्नुपर्ने उल्लेख छ ।
नेतृत्वको अस्वस्थ प्रतिस्पर्धालाई रोक्न, सहज ढङ्गले नेतृत्व हस्तान्तरणको व्यवस्था मिलाउन र वैकल्पिक नेतृत्व स्थापित गर्न पार्टीको प्रमुख पदमा लगातार दुई कार्यकालको समयसीमा तोकिनुपर्नेमा उनले जोड दिएका छन् भने सीमित नेताहरु बसेर निर्णय गर्ने र त्यही निर्णयलाई औपचारिकता दिनका लागि कमिटीका बैठकबाट पारित गराउने गैरलोकतान्त्रिक अभ्यासले निर्णयको प्रभावकारी कार्यान्वयन र जिम्मेवारी बहन नहुने समस्या पार्टीमा देखिएको समेत अवधारणापत्रमा उल्लेख छ ।
त्यस्तै उनले पार्टीका पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टी सदस्य हुनबाट बञ्चित गरिँदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्ने भएकाले पार्टी काममा फर्कने बातावरण निर्माण गरिनुपर्नेमा जोड दिएका छन् ।
पार्टी कार्यालयमा अवधारणा पत्र बुझाएपछि बरिष्ठ उपाध्यक्ष पोखरेलले आफूले राखेका बिषय पार्टीको महाधिवेशनमा छलफल हुने दस्तावेजमा समिटिने विश्वास व्यक्त गरे । विधिसम्मत रुपमा पार्टीको नेतृत्व चयन हुने कुरामा आफू विश्वस्त रहेको उनको भनाइ छ । उनले महाधिवेशन प्रतिनिधि छनोटमा अस्वस्थ प्रतिष्पर्धा हुदा केही स्थामा समस्या देखिएपछि अध्यक्षसंगको छलफलपछि समाधान भइसकेको बताए ।
त्यसैगरि पोखरेलले आन्तरिक प्रतिस्पर्धालाई निषेध र प्रतिशोधबाट मुक्त गरिनुपर्ने, पार्टीका आन्तरिक कार्यविभाजन र संसदीय तथा राजकीय जिम्मेवारीमा न्यायोचित र पारदर्शी मापदण्ड लागू गरिनुपर्ने, संगठनमा स्वायत्तता को नीतिअनुरुप जनसंगठनलाई परिचालित गरिनुपर्ने लगाएतका बिषय अवधारणापत्रमा उल्लेख गरेका छन्। पार्टीलाई लोकतान्त्रिक विधिद्वारा निर्देशित सामूहिक नेतृत्व, वैज्ञानिक विधि र पद्धतिबाट सञ्चालित भएको संगठित शक्तिको रुपमा विकास गर्नका लागि एकताबद्ध हुन समेत उनले आह्वान गरेका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने
काठमाडौँ महानगरपालिका-४ को एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला
रसुवा बाढी प्रभावितलाई दशैँ अघि नै पुनःस्थापित गर्नेगरी काम भइरहेको छ : पूर्वाधारमन्त्री लम्साल
कांग्रेसको उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी दर्ता
थप समाचार
कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने
काठमाडौँ महानगरपालिका-४ को एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला
रसुवा बाढी प्रभावितलाई दशैँ अघि नै पुनःस्थापित गर्नेगरी काम भइरहेको छ : पूर्वाधारमन्त्री लम्साल