बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

जाँचबुझ आयोगले लियो आईजीपी कार्कीसँग बयान

ओली र लेखकलाई पनि बोलाउने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ मंसिर, २०८२ मा प्रकाशित
जाँचबुझ आयोगले लियो आईजीपी कार्कीसँग बयान
फाइल तस्बिर ।
काठमाडौं, मंसिर २२ :

भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले आईजीपी दानबहादुर कार्कीसँग बयान लिएको छ। आयोगले सोमबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा बोलाएर कार्कीसँग बयान लिएको हो। उनी जेनजी आन्दोलनका क्रममा उपत्यका प्रहरी परिसर रानीपोखरीका प्रमुख थिए।

आयोगले उनीसँग भदौ २३ गते एकै दिन ७६ जना युवाको हत्या हुनुका पछाडि प्रहरीको भूमिकाबारे सोधपुछ गरेको छ। उनीसँगको बयान भोलि पनि जारी रहने बताइएको छ ।

आयोगले तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङसँग यसअघि नै बयान लिइसकेको छ। जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्री रहेका केपी ओली र गृहमन्त्री रहेका रमेश लेखकलाई पनि आयोगले बयानका लागि बोलाउने तयारी गरिरहेको छ। तर,ओलीले आफू बयानका लागि आयोग समक्ष उपस्थित नहुने बताउँदै आएका छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार