बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को बैठक#ललितपुर प्रहरी#सुरक्षा योजना लागू#स्वर्णिम वाग्ले#आर्थिक स्वतन्त्रता#सभापति गणेश पराजुली#बाढी प्रभावित क्षेत्रमा#चितवनमा एम्बुलेन्स बगायो#भन्सार जाँचपास#बाढीपहिरो र हिमपात#हावाहुरीसहितको वर्षा#दलित आयोग#वार्षिक प्रतिवेदन पेस#दिनभर झरी#मेघगर्जनसहित वर्षा#नेपाली कांग्रेस#१५औँं महाधिवेशन #मन्त्रिपरिषद्को बैठक#ललितपुर प्रहरी#सुरक्षा योजना लागू#स्वर्णिम वाग्ले#आर्थिक स्वतन्त्रता#सभापति गणेश पराजुली#बाढी प्रभावित क्षेत्रमा#चितवनमा एम्बुलेन्स बगायो#भन्सार जाँचपास#बाढीपहिरो र हिमपात#हावाहुरीसहितको वर्षा#दलित आयोग#वार्षिक प्रतिवेदन पेस#दिनभर झरी#मेघगर्जनसहित वर्षा#नेपाली कांग्रेस#१५औँं महाधिवेशन
राजनीति

पोखरेलले भने- ओलीको ठाउँमा आफू भएको भए आयोगले बोलाउनु अघि नै गएर बयान दिन्थे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ मंसिर, २०८२ मा प्रकाशित
पोखरेलले भने- ओलीको ठाउँमा आफू भएको भए आयोगले बोलाउनु अघि नै गएर बयान दिन्थे
काठमाडौं, मंसिर २४ :

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाउँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बयान दिनै पर्ने बताएका छन्। एमालेको एघारौं महाधिवेशनको पूर्वसन्ध्यामा बुधबार आयोजित अन्तरसंवादमा उनले ओलीले आयोगले भनेको कुरा नमान्नु राम्रो नभएको बताए।

पोखरेलले भने, ‘म आफू ओलीको ठाउँमा भएको भए बोलाउनुभन्दा पहिले नै गएर बयान दिने थिएँ।’ उनले सरकारले बनाएको आयोगसँग केही कुरामा असहमति भए पनि आफ्ना तथ्य प्रस्तुत गर्न जानु स्वभाविक भएको पनि बताए ।

सरकारले बनाएको आयोगमा कतिपय कुरामा रिजर्भेसन भएको पोखरेलको भनाइ थियो । पोखरेलले स्पष्ट पारे, ‘तर बयान दिन जाने, विचार व्यक्त गर्ने, तथ्य प्रस्तुत गर्ने कुरालाई नकारात्मक रूपमा लिन हुँदैन। मलाई लाग्छ, हाम्रो अध्यक्ष पनि आयोगमा बयान दिन जानुहुन्छ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार