बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

रवि र छविको मुद्दा आज पनि हेर्न नमिल्नेमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ मंसिर, २०८२ मा प्रकाशित
रवि र छविको मुद्दा आज पनि हेर्न नमिल्नेमा
काठमाडौं, मंसिर २५ :

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको आजका लागि तोकिएको पेसी पनि हेर्न नमिल्नेमा परेको छ। यसअघि मंसिर ११ गते तोकिएको पेशी पनि लामिछानेका कानुन व्यवसायीको अनुरोधमा स्थगित भएको थियो।

आजको पेशी न्यायाधीश तेजनारायण पौडेल र सागर बिष्टको इजलासमा तोकिएको थियो। तर न्यायाधीश सागर बिष्ट र लामिछानेको पक्षबाट वकालतनामा दर्ता गराएका कानुन व्यवसायी शालिकराम पौडेल पूर्वसहकर्मी भएकाले मुद्दा हेर्न नमिल्नेमा परेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए। 

लामिछाने र जोशीको आजको पेसी कात्तिक १३ गतेपछिको निरन्तर पाँचौं–छैटौं हो। 

 सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफूले भुक्तानी गर्नुपर्ने बिगो रकम दाखिला गरिसके पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते धरौटीमा रिहा गर्ने अनुरोध अस्वीकार गरेको थियो। बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधसम्बन्धी अभियोगमा हाल दुवैजना थुनामा रहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार