काठमाडौं, मंसिर २८ :

नेकपा एमालेको ११ औं महाधिवेशन लम्बिने भएको छ । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, पुस १ गते दिउँसो ११ बजेबाट मतदान हुने जनाएकाले महाधिवेशन लम्बिने निश्चित भएको हो ।

यही मंसिर २७ गतेबाट सुरु भएको महाधिवेशन २९ गतेसम्मका लागि तय भएको थियो । सहमतिको प्रयास हुँदै गर्दा नेतृत्व चयन गर्न १ दिन थपिएको छ। यद्यपि नेताहरूले सहमतिको प्रयास भइरहेको बताएका छन् । 

नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र वर्तमान अध्यक्ष केपी ओली मैदानमा उत्रिएका छन् । नेतृत्व गर्नैका लागि दुई कार्यकालको प्राब्धान सच्चाएका ओली सहमतिको नाममा सहजै मैदान छाड्ने अवस्था देखिदैन । बरु उनको पक्षमा माहोल बनेको देखिन्छ ।