
काठमाडौं, मंसिर २९ :
नेकपा एमालेको महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली समूहभित्र पदाधिकारी चयनलाई लिएर असन्तुष्टि देखिएपछि अन्ततः पद हेरफेर गरिएको छ । यस क्रममा लेखराज भट्ट र भानुभक्त ढकालको पद तलमाथि गरिएको हो ।
ओली समूहले लेखराज भट्टलाई सचिव पद दोहोर्याउन नमान्दै यसअघि सचिवका रूपमा प्रस्तावित भानुभक्त ढकाललाई सचिवमै कायम राख्ने र भट्टलाई उपमहासचिव बनाउने निर्णय गरेको छ ।
भट्टले अब ओली समूहकै तर्फबाट उपमहासचिव पदको उम्मेदवारी दिने स्पष्ट पारेका छन् । ‘म अब उपमहासचिव पदको उम्मेदवारी दिन्छु,’ भट्टले बताए । यसपटक पदाधिकारीमै नरहेका भानुभक्त ढकाललाई सचिवका रूपमा अघि सारिएपछि ओली समूहभित्र असन्तुष्टि चुलिएको थियो ।