बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक #चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक
प्रदेश मधेस प्रदेश

मधेस प्रदेश सरकारमा खटपट, बाहिरिने जनमतको चेतावनी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १ पुस, २०८२ मा प्रकाशित
मधेस प्रदेश सरकारमा खटपट, बाहिरिने जनमतको चेतावनी
जनकपुर, पुस १ :

मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारले विश्वासको मत लिनुअघि नै सत्ता साझेदार दलहरूबीच असन्तुष्टि चुलिएको छ। तेस्रो ठूलो दल जनमत पार्टीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी अन्य दललाई दिइएको भन्दै सरकारबाट बाहिरिने चेतावनी दिएको छ।

चालु आर्थिक वर्षमा उक्त मन्त्रालयमार्फत १० हजार रोजगारी सिर्जना गर्ने कार्यक्रम रहे पनि मन्त्रालय एकीकृत समाजवादीका कनिश पटेललाई दिइएपछि जनमत पार्टी असन्तुष्ट बनेको हो। 

जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष बसन्त कुशवाहाले सामाजिक सञ्जालमार्फत पार्टीको उद्देश्यअनुसार सुनिश्चितता नभए सरकारबाट अलग हुन तयार रहेको बताएका छन्। हालै मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नयाँ मन्त्रीहरू नियुक्त भएसँगै सत्ता गठबन्धनभित्र तनाव बढेको देखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार