बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
राजनीति

सुदन गुरुङलाई तनुजाको चेतावनी- नेपाल कसैको प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १ पुस, २०८२ मा प्रकाशित
सुदन गुरुङलाई तनुजाको चेतावनी- नेपाल कसैको प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर
काठमाडौं, पुस १ :

जेनजी आन्दोलनकी अगुवा तनुजा पाण्डेले आफूलाई जेनजी प्रतिनिधि दाबी गर्ने सुदन गुरुङलाई जेनजीको नाम नबेच्न चेतावनी दिएकी  छन्। 

सामाजिक सञ्जालमा पाण्डेले नेपाल प्रयोगशालाको रुपमा जेनजीलाई प्रयोग नगर्न र व्यक्तिगत एजेन्डा अघि नबढाउन गुरुङलाई चेतावनी दिएकी हुन्।

पाण्डेले गुरुङको विरोधाभासपूर्ण राजनीतिक अभिव्यक्तिलाई लक्षित गर्दै भनिन्, ‘कहिले निर्वाचनमा नेताहरूलाई आउन नदिने घोषणा गरिन्छ, कहिले बहुदलीय लोकतन्त्रको वकालत गरेर एकपक्षीय निर्णय गरिन्छ। यस्तो असंगत कदम नाटकभन्दा फरक छैन।’ उनले थपिन्, ‘तपाईंको अस्थिर कदमले देश र आन्दोलनलाई क्षति पुर्‍याएको छ। अब केही समय विश्राम लिनुहोस् र आफ्नो दक्षता भएको क्षेत्रमा केन्द्रित हुनु बुद्धिमानी हुनेछ।’

‘राजनीतिमा राजनीतिक चेतना किन महत्वपूर्ण हुन्छ भन्ने कुरा ‘जेठो छोरो’ लाई हेरेर नै आँकलन गर्न सकिन्छ। जेठो छोरो अलि धेरै पुलपुलिएको देखिन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ‘तपाईंका मागहरू पूरा नभए जेनजी ‘फेल’ हुन्छ भन्ने कथ्य जबरजस्ती थोप्ने काम अब बन्द गर्नुहोस्।

पाण्डेले गुरुङलाई व्यक्तिगत र जेनजीको नाम बेचेर राजनीतिक एजेन्डा अघि नबढाउन आग्रह गर्दै सामाजिक र राजनीतिक जिम्मेवारीको ख्याल गर्न समेत चेतावनी दिएकी छन्।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार