मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल#वंशीराज दाहाल#अन्जनीकुमार पोखरेल#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ #कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल#वंशीराज दाहाल#अन्जनीकुमार पोखरेल#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ
राजनीति

अध्यक्षमा पराजित पोखरेल केन्द्रीय सदस्यमा पनि हारे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३ पुस, २०८२ मा प्रकाशित
अध्यक्षमा पराजित पोखरेल केन्द्रीय सदस्यमा पनि हारे
काठमाडौं, पुस ३ :

 नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका ईश्वर पोखरेल केन्द्रीय सदस्यमा समेत निर्वाचित हुन सकेनन्।

अध्यक्ष पदका लागि भएको निर्वाचनमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका पोखरेल पराजित भएका थिए। निर्वाचन परिणामअनुसार ओलीले १ हजार ६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत मात्रै ल्याएका थिए।

त्यसैगरी, केन्द्रीय सदस्य पदको निर्वाचनमा पनि पोखरेल पराजित भएका हुन्। उनले १ हजार ८८ मत प्राप्त गरे पनि आवश्यक मत नपुगेकाले केन्द्रीय कमिटीमा अटाउन सकेनन्।

महाधिवेशनबाट ओली अध्यक्षमा पुनः निर्वाचित भएसँगै एमालेको नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार