काठमाडौं, पुस ३ :

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने भोलि (शुक्रबार) थुनामुक्त हुने भएका छन् । 

रूपन्देही जिल्ला अदालतमा स्वयं उपस्थित भएर कागज गर्नुपर्ने भएकाले लामिछाने भोलि मात्र थुनामुक्त हुनेछन् । उनी स्वयं उपस्थित भएर मञ्जुर भएको कागज गरेपछि तारेख लिएर थुनामुक्त हुनेछन् ।उच्च अदालतको आदेशको सक्कल मिसिल पनि शुक्रबारै रूपन्देही जिल्ला अदालत भैरहवा पुग्नेछ ।

लामिछानेलाई बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले  बिगोबराबरको बैंक जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश गरेको थयो । जिल्ला अदालतको साउन २६ को आदेशलाई बदर गरिएको छ ।

उच्च अदालत, बुटवल इजलासले  लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गर्दा उनीसँगै प्रतिवादी बनेका पूर्वडीआईजी तथा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी भने थुनामै रहने भएका छन्