मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल#वंशीराज दाहाल#अन्जनीकुमार पोखरेल#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ #कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल#वंशीराज दाहाल#अन्जनीकुमार पोखरेल#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ
राजनीति

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेतृत्वलाई पोखरेलको सुझाव

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ४ पुस, २०८२ मा प्रकाशित
पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेतृत्वलाई पोखरेलको सुझाव
फाइल तस्बिर ।
काठमाडौं, पुस ४ :

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले सामूहिक नेतृत्व, विधि र पद्धतिअनुसार सही र लोकतान्त्रिक तरिकाले पार्टीलाई सञ्चालन गर्न नवनिर्वाचित नेतृत्वलाई सुझाव दिएका छन् ।

निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भई अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएपछि पहिलो प्रतिक्रिया दिँदै निवर्तमान वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनको दौरानमा उठाएका जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीलाई नियन्त्रण र सन्तुलनको सिद्धान्तअनुसार सञ्चालन हुनुपर्ने बहसले नयाँस्तरमा निरन्तरता  पाउने विश्वास पनि व्यक्त गरे ।

नयाँ नेतृत्वलाई बधाई र शुभकामना दिँदै उनले आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण तथा लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा सहभागिता र संलग्नता अटुट रूपमा रहिरहने विश्वास दिलाए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार