शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
प्रदेश सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा भुवा पर्वको रौनक

पुरुषहरुले परम्परागत लुगा लगाएर हातमा तरबार र ढाल लिइ युद्धकला कौशल प्रदर्शन गर्छन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ४ पुस, २०८२ मा प्रकाशित
सुदूरपश्चिममा भुवा पर्वको रौनक
बाजुरा, पुस ४ :

सुदूरपश्चिम प्रदेशको मौलिक एवं ऐतिहासिक सांस्कृतिक पर्व भुवाको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार आज प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने घोषणा गरिएको हो ।

विशेषगरी, बाजुरा, बझाङ र अछाममा विशेष महत्वका साथ मनाइने यो पर्व द्वापरयुगसँग जोडिएको छ । धार्मिक विश्वासअनुसार पाण्डव र कौरवबीचको धर्मयुद्धमा पाण्डवहरूले प्राप्त गरेको विजयको खुसियालीमा यो पर्व मनाउने गरिन्छ । यस पर्वमा प्रदर्शन गरिने भुवा नाचलाई वीरताको प्रतीकका रुपमा लिइने शुक्लाफाँटा नगरपालिका–११ का पूर्ववडाध्यक्ष दिलबहादुर बुढाले बताए ।

उनका अनुसार पछिल्लो समय पहाडी जिल्लाबाट तराईतिर बसाइँसराइ गर्नेक्रम बढेसँगै यो पर्वको रौनक कैलाली र कञ्चनपुरमा पनि निकै बढेको छ । धनगढी, महेन्द्रनगरलगायत सहरी क्षेत्रमा पहाडी जिल्लाको मौलिकता झल्किने गरी भुवा नाच र देउडा खेलको विशेष आयोजना गरिँदै आएको छ । यस पर्वले पहाड र तराईबीचको सांस्कृतिक एकतालाई बलियो बनाएको बुढाले बताए ।

‘भुवा पर्व केबल मनोरञ्जन मात्र नभई यो एक सैन्य अभ्यास र ऐतिहासिक गाथाको सङ्गालोका रुपमा रहेको छ’, उनले भने, ‘यो पर्व पुस कृष्ण औँसीको अघिल्लो दिनदेखि सुरु भई तीनदेखि पाँच दिनसम्म उल्लासपूर्वक मनाइन्छ ।’ उनका अनुसार पुरुषले परम्परागत लुगा (सेतो जामा र पगरी) लगाएर हातमा तरबार र ढाल लिइ सामूहिक रूपमा युद्धकला कौशल प्रदर्शन गर्छन् ।

‘गाउका बासिन्दाले एकैठाउँमा भेला भई राति आगो बालेर जाग्राम बस्ने र महाभारतकालीन पौराणिक गाथाहरू गाउने चलन रहेको छ’, बेलडाँडीका टेकबहादुर साउदले भन्नुभयो, “यस पर्वले समाजमा भाइचारा, एकता र वीरताको सन्देश प्रवाह गर्दछ ।’ प्रदेश सरकारले स्थानीय कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले विगतका वर्षदेखि नै यस पर्वमा बिदा दिँदै आएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार