
फाइल तस्बिर ।
काठमाडौं, पुस ४ :
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हवाईजहाज मार्फत काठमाडौंबाट भरतपुर हुँदै बुटवल जाँदैछन् । बाक्लाे हुस्सुका कारण भैरहवा विमानस्थलमा उडान हुन नसकेपछि उनी भरतपुरबाट गाडीमा बुटवल जानेछन् ।
भैरहवा जान विहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका लामिछाने उताको खराब मौसमका कारण रोकिएका थिए ।
सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल तुलसीपुरले बिहीबार थुनाबाहिर बसेरै मुद्दा लड्न पाउने आदेश गरेसँगै लामिछाने आज अदालत उपस्थित हुन भैरहवा जान लागेका छन् ।
बिहान ७:५५ बजेको उडान भनिए पनि बाक्लो हुस्सु र कुहिरोले भैरहवाको मौसम खराब हुँदा विमान अवतरण गर्ने स्थिति नरहेको बताइएको छ ।