
चितवन, पुस ४ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवनबाट स्थलमार्ग हुँदै भैरहवा तर्फ लागेका छन् ।
अदालतको आदेश बमोजिम रिहाइको प्रक्रिया पूरा गर्न उनी त्यसतर्फ लागेका हुन् । लामिछाने हवाईमार्फत जाने तयारीका साथ विहानै त्रिभवन विमानस्थल पुगेका थिए ।
बाक्लो हुस्सु र तुवाँलोका कारण सिधै उडान हुन नसकेपछि विमानबाट भरतपुर गएका हुन् । बिहीबार उच्च अदालत बुटवलले उनलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो ।
न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने बिगोबापतको रकम बुझाएर रिहाइ गर्न माग गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका थिए ।