बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

दुई हप्ताभित्र राजीनामा दिने मेयर बालेनको तयारी

उम्मेदवार बन्न कानुनी प्रावधानअनुसार बालेनले माघ ६ गतेभित्र काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिनुपर्ने हुन्छ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १३ पुस, २०८२ मा प्रकाशित
दुई हप्ताभित्र राजीनामा दिने मेयर बालेनको तयारी
काठमाडौं, पुस १३ :

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दुई हप्ताभित्र पदबाट राजीनामा दिने तयारी गरेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने निश्चित भएपछि उनले महानगरको जिम्मेवारी छोड्ने तयारी गरेका हुन्।

आज बिहान मेयर बालेन र रास्वपा सभापति रवि लामिछानेबीच बालेन रास्वपाबाट निर्वाचन लड्ने र प्रधानमन्त्रीको उम्मेदवार बन्ने विषयमा सहमति भएको बताइएको छ। सो सहमतिअनुसार उम्मेदवार बन्न कानुनी प्रावधानअनुसार बालेनले माघ ६ गतेभित्र काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिनुपर्ने हुन्छ।

हाल बालेनको कार्यकाल अझै करिब १६ महिना बाँकी रहेको भए पनि उम्मेदवारी प्रक्रियामा जानुपर्ने भएकाले उनले दुई हप्ताभित्र पद त्याग्ने तयारी गरेका हुन्।

मेयर बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार केही महत्वपूर्ण कामहरू बाँकी रहेकाले ती सम्पन्न गरेर राजीनामा दिने योजना छ।
‘केही कामहरू बाँकी छन्। दुई हप्ताभित्र सकिएला भन्ने छ। प्राविधिक र राजनीतिक पक्ष दुवै हेरेर उपयुक्त समयमा निर्णय हुन्छ, त्यो समय करिब दुई हप्ताकै आसपास हो,’ उनले भने।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार